हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ - गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि त्यसलाई कडाई गर्ने भएको छ ।

मन्त्रालयले सोमबार यसबारे तीन बुँदे निर्देशन जारी गरेको छ । निर्देशनअनुसार शारीरिक एवं मानसिक रुपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा मात्र अस्पताल लैजानुपर्नेछ ।