अज्ञात व्यक्तिको कुटपिटबाट पाँचथरमा एक जनाको मृत्यु, तीन घाइते  

काठमाडौँ । अज्ञात व्यक्तिहरूको कुटपिटबाट पाँचथरमा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

फिदिम नगरपालिका–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएराति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता (धामी–झाँक्री नाच) हेर्न गएका दिनेशसहित पर्शु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका थिए ।

घाइते भएका चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकोमा उपचारका क्रममा दिनेशको आज बिहान मृत्यु भएको हो । घाइतेमध्ये धुव्र र पुस्कर विक सामान्य उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । कुटपिटमा संलग्न व्यक्तिको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।