यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३२ रुपैयाँ ९३ पैसा कायम रहेको छ ।

यूरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २८ पैसा तोकिएको छ । यस्तै, मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७० पैसा रहँदा बिक्री दर १६८ रुपैयाँ ४६ पैसा पुगेको छ । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको छ ।