जर्मनको उत्तरी वैल्जेनस्थित अस्पतालमा आगलागी हुँदा एक जनाको मृत्यु, कैयौं घाइते

एजेन्सी । जर्मनको सहर उत्तरी वैजनस्थित एक अस्पतालमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार राति भएको आगलागीमा परि कैयौँ घाइते भएको स्थानीय प्रहरीले शुक्रबार जनाएको छ।

राति १०ः४५ बजे भएको उक्त घटनामा परि ६ जना गम्भीर घाइते र अन्य केही सामान्य घाइते भएको स्थानीय प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आपतकालीन सेवाका कर्मचारीहरूको सहयोगमा आगो नियन्त्रण गरिएको थियो । आगोलागी भएको भवनबाट उद्धारको याचना गरिरहेको सुनिएको थियो । आगो नियन्त्रणमा आउँदा भवन खाली गरिएको थियो । आगलागीमा दश लाख यूरोभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। आगलागीमा दश लाख यूरोभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।


 

 

 

अ