यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

 काठमाडौँ - आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले देव खनालको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । टोलीमा तिव्र गतिका बलर हेमन्त धामी परेका छैनन् । अभ्यास खेलमा घाइते भएका धामीको स्थानमा दुर्गेश गुप्ताले स्थान पाएका छन् ।

जनवरी १९ देखि दक्षिण अफ्रिकामा सुरु हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यस समूहमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन् । नेपालले २१ जनवरीमा न्युजिल्यान्डविरुद्ध खेल्नेछ । नेपालले समूहको दोस्रो खेलमा २४ जनवरीमा पाकिस्तानविरुद्ध र अन्तिम खेलमा २७ जनवरीमा अफगानिस्तानविरुद्ध खेल्ने छ ।