भारतको विधानसभा चुनावमा भाजपाको बहुमत

काठमाण्डौँ - भारतको चार राज्यमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले तीन राज्यमा बहुमत पाएको छ ।

भाजपाले हिन्दीभाषी क्षेत्रका प्रमुख तीन राज्यहरु मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा बहुमत प्राप्त गरेको छ । राजस्थान र छत्तीसगढ यसअघि कंग्रेस आईको सरकार थियो । नोभेम्बरमा चरणबद्ध रुपमा मध्यप्रदेश, राज्यस्थान, छत्तीसगढ, तेलंगाना र मिजोरम राज्यमा भएको चुनावमा भाजपा हाबी भएको छ ।

मिजोरम बाहेकका चारवटा प्रदेशको मतगणना हिजो एकैसाथ भएको हो । मिजोरममा भने आज मतगणना हुनेछ । तेलंगानामा भने कांग्रेसले जित हासिल गरेको हो ।