कोशी सरकारमा सहभागी माओवादी र एसका एक/एक मन्त्रीले लिए शपथ

 विराटनगर - कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । कोशीका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार नेकपा माअ‍ोवादी केन्द्र र एकिकृत समाजवादीका एक एक मन्त्री नियुक्त गरेका हुन् ।

माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीका कमलप्रसाद जवेगू मन्त्री बनेका हुन् । कुनै मन्त्रालयको जिम्मेवारी नतोकिएका उनीहरुलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका छन् ।

नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा मुख्यमन्त्री बनेका कार्कीले २८ भदौमा कांग्रेसका समशेर राई र एमालेका राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।