भारतको सिक्किममा अचानक आएको बाढीका कारण सेनाका २३ जवान बेपत्ता

काठमाण्डौँ - भारतको उत्तर सिक्किमको टिस्टा नदीमा आएको बाढीका कारण सेनाका २३ सैनिक बेपत्ता भएका छन् । गुवाहाटीमा रहेका सेनाका जनसम्पर्क अधिकृत लेफ्टिनेन्ट कर्णेल महेन्द्र रावतले यो घटनाको पुष्टि गरेका बीबीसी हिन्दीले जनाएको छ । 

हाल बेपत्ता सैनिकको खोजीका लागि उक्त क्षेत्रमा खोजी अभियान जारी रहेको छ । मुख्यमन्त्री प्रेमसिंह तामाङले त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।