२३ रन बनाएर गुल्शन झा आउट

 काठमाडौँ - एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल भइरहेको छ । श्रीलंकाको पालेकेले रंगशालामा जारी खेलमा नेपालले छैठौँ विकेट गुमाएको छ ।

३१।५ ओभरमा नेपालका छै्रँटौ विकेटको रुपमा गुल्शन झा आउट भए । उनले ३५ बलमा २३ रन बनाए । ३ चौका प्रहार गरे । झा सिराजको बलमा इशान किशानको हातबाट क्याच भए ।

पाचौँ विकेट गुमाउने क्रममा ओपनर आसिफ शेख आउट भए । उनले अर्धसतक प्रहार गरे । आसिफले ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाए ।

चौथो विकेको रुपमा कुशल मल्ल ५ बलमा २ रन जोडेर आउट भए । उनी रविन्द्र जडेजाको बलमा मोहम्मद सिराजको हातबाट क्याच भए ।

यसअघि तेस्रो विकेट गुमाउने क्रममा २० ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल ८ रन जोडेर आउट भएका थिए । १६ ओभरको अन्तिम बलमा भीम सार्की आउट भएका थिए । उनले १७ बलमा ७ रन जोड । नेपालले पहिलो विकेट गुमाउने क्रममा ९.५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।