सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै, कांग्रेसबाट शाह मुख्यमन्त्री

कैलाली - सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै छ । शुक्रवार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा लिएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए ।

केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । सोही अनुसार आज काँग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छ । उक्त दामीमा एमालेले पनि समर्थन गर्ने छ ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । यी दुई दल मात्रै मिल्दा पनि बहुमत पुग्छ । आज साँझ सम्म यी दुई दल बाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाइएको छ ।