थामी समुदायको ‘सिलोके पालाखे’ मुन्दुम पुस्तक सार्वजनिक

दोलखा — थामी समुदायको जन्मदेखि मृत्युपर्यन्तसम्म संस्कार समेटिएको मुन्दुम पुस्तक ‘थाङ्मी कर्मकाण्ड स् सिलोके पालाखे’ सोमबार सार्वजनिक भएको छ ।

प्रतिनिधिसभा सदस्य गंगा कार्की, वाग्मती प्रदेशसभा सदस्यद्वय ठुला थामी र कुन्दनराज काफ्ले, नेपाल थामी समाजका अध्यक्ष होमबहादुर थामीले सोमबार सिंगटीमा सार्वजनिक गरेका हुन् ।

किरात थामी समुदायको उत्पत्ति कालदेखि वर्तमान सामाजिक जनजीवनमा पालना गरिदै आएको संस्कार, संस्कृति, परम्परालाई लिएर यो पुस्तक प्रकाशनमा ल्याइएको हो ।