जग्गादाताहरु तथा पालिकाको पहलमा पर्यटक स्थल रुद्रेश्वर मन्दिर र खेल मैदान जाने बाटो खुल्यो !

गजुरी- गजुरी गाउँपालिका वडा नम्बर १ मा रहेको पर्यटक स्थल रुद्रेश्वर मन्दिर र खेल मैदान जाने बाटो जग्गादाताहरुको सहयोगमा खुलाइएको छ ।
विगत लामो समयदेखि खुल्न नसकेको बाटो पर्यटक स्थल रुदेश्वर मन्दिर जाने सडक गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला विशुराल, वडा न १, ८ का अध्यक्ष तारानाथ भण्डारी, देवराज ओझा तथा संघ संस्था सरोकारवाला छरछिमेकी जग्गा दाताहरुको सहयोगमा महत्वपुर्ण कार्यको थालनी भएको हो ।

मन्दिर भित्र विभिन्न देवी देवताहरूका मुर्तिहरूको स्थापना गरेर पूजा पाठ गरिन्छ । मन्दिरलाई हिन्दूहरूको पवित्र स्थलको रूपमा लिइन्छ । मन्दिरमा देवताहरूको वास भएको विश्वास गरिन्छ । मन्दिरमा शंख, घण्ट, कलस, पञ्चपात्र, आदी पूजन सामग्रीहरू राखिन्छ । प्राय सबै देवताहरूको लागि अलग अलग मन्दिर बनाईन्छ ।

गजुरीमा रहेको पर्यटक स्थल रुदेश्वर मन्दिरसँगै रहेको त्रिशुली नदिको किनारामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलबाट सहयोग गरि मन्दिर पार्क खेल मैदान बनाउन करोडौं रकमबाट गजुरी गाउॅपालिकाको नै ऐतिहासिक स्थल बनेको हो ।