भारतमा ट्रकको ठक्करबाट सुर्खेतका एकै परिवारका पाँचजनाको मृत्यु

काठमाडौँ - भारतमा ट्रकको ठक्करबाट सुर्खेतका एकै परिवारका पाँचजनाको मृत्यु भएको छ ।

भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरमा भएको दुर्घटनामा सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चौकुने गाउँपालिका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन, डेढ वर्षका धड्कन नेवार र रतनका भाइबुहारी सुस्मिता नेवार रहेका छन् ।

उनीहरू चढेको मोटरसाइकललाई ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।

उनीहरू रोगजारीका लागि भारतमा बस्दै आएका थिए ।