चक्कु प्रहारबाट मलेसियामा सिराहाका रुपेश यादवकोहत्या  

काठमाडौँ । मलेसियामा एक नेपालीको हत्या भएको छ । सिराहाका रुपेश यादवको हत्या भएको हो । 

उनकै साथी मिलन गुरुङले गएराति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए । 

साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको छ ।