बालेनलाई लक्षित गर्दै विद्यासुन्दरले भने, ‘शैसियत अनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्कियो’

काठमाडौँ । काठमाडौँ महानगरपालिका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले हैसियत अनुसार काम गर्न नसक्दा महानगरको स्तर माथि उठ्न नसकेको बताएका छन् ।

शनिबार नेपाल खेलकुद महासंघ काठमाडौँले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले महानगर प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै धरहरा भत्काइदिने भन्दै आपत्तिजनक अभिव्यक्ति दिन वाञ्छनीय नहुने बताए।

अरुलाई गाली गरेर जस लिने तर काम केही पनि नगर्ने प्रवृत्ति हुनु नहुने शाक्यले बताए। उनले आफू काठमाडौँ महानगरको मेयर हुँदा महानगरले विभिन्न राम्रा कामहरु गरेको उल्लेख गरे। 

उनले भने, ‘धरहराकै कारण अहिले पनि कसैले चर्चा पाइरहेका छन्। कसैले पायो भने त्यस क्षेत्र भत्काउँछु भन्ने तर अरु बेलामा सुविधा सबै लिने। गाली गरेर जस सबै आफूले लिने अपजस सबै अरुलाई दिने गर्छन्। त्यसमा हामीले चिन्ता लिनु पर्दैन।अहिले झारेर १७ औं स्थानमा पुर्‍याएको छ। हामीले हाम्रो हैसियतअनुसार काम गर्न नसक्दा, नेतृत्वले आफ्नो भूमिका निर्वाह गर्न नसक्दा सरकारले अवमूल्यन गरेर काठमाडौँ महानगरपालिका भन्दा देशभरका सम्पूर्ण मेयर, उपमेयरलाई तल राख्ने काम गरको छ। हामी सबैले आफ्नो हैसियत बुझेर काम गर्नुपर्छ।’