सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै

काठमाडौं - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार तीन खेलहरु हुँदैछन् ।

दोस्रो लेगको ११ औं चरण अन्तर्गत शनिबार एक खेल च्यासल मैदान र दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने पहिलो खेलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाईटेड र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र जावलाखेलबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

यस्तै,च्यासलमा त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र सातदोबाटोबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।