सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन प्रतितोला एक हजार ८०० रुपैयाँले बढ्यो 

काठमाडौँ । नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३३ हजार रुपैयाँ पुगेको छ। आज बुधबार एकैदिन प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको हो। यो हालसम्मकै उच्च मूल्य हो। 

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार ३५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले उचाइ लिइरहेकाले त्यसको असर नेपालमा पनि परेको हो। 

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी बुधबार एक हजार ६१० रुपैयाँ पुगेको छ।