सुनको मूल्यमा भारी वृद्धि, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाण्डौँ - सुनको मूल्यमा भारी वृद्धि भएको छ । अन्तराष्ट्रिय बजारमा पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य १.८७ प्रतिशत अर्थात प्रतिऔंस ३८.२८ डलरले वृद्धि भएको हो ।  

यो वृद्धिसँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २०८२.५५ डलर कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि २.०७ प्रतिशत अर्थात ०.४६ डलरले बढेर प्रतिऔंस २३.१३ डलर कायम भएको छ ।  

पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । सुनको मूल्य विशेषतःविभिन्न आर्थिक तथा भू–राजनीतिक अवस्था,मन्दीको अवस्था,मौज्जादको अवस्था,मुद्राको उतारचढाव,माग र आपूर्ती, सुनको उत्खनन मूल्य तथा प्रशोधन मूल्यका कारणले प्रभावित बन्ने गर्छ ।