आज तीन कम्पनीको साधारण सभा हुँदै ,कुन कुनले दिँदै छन् लाभांश  ? 

 काठमाडौँ - फागुन २० गते आइतबारका दिन तीन कम्पनीले आफ्ना वार्षिक साधारण सभा डाकेका छन् । 

हिमालयन रिइन्सुरेन्स, स्वाभिमान लघुवित्त र आइजीआई प्रुडेन्सियल इन्सुरेन्सले आज साधारण सभा डाकेको हो । यी मध्ये हिमालयन रिइन्सुरेन्सले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छ भने स्वाभिमान लघुवित्त र आइजीआई प्रुडेन्सियलले लाभांश प्रस्ताव बिना नै साधारण सभा डाकेका छन् । 

हिमालयन रिइन्सुरेन्सको वार्षिक साधारण सभा राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामाले आर्थिक वर्ष २०७९–८० को नाफाबाट शेयर धनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा समावेश गरेको छ ।