सोल्टी होटलको साढे चार अर्बको शेयर बेचेर जहाज किन्न निगमलाई सुझाव

 काठमाडौँ - सरकारले नेपाल वायु सेवा निगमको संरचना र व्यवस्थापकीय पक्षको अध्ययन गर्न गठन गरेको समितिले  प्रतिवेदन बुझाएको छ । समितिका संयोजक दिपेन्द्रबहादुर क्षेत्रीले आइतबार पर्यटनमन्त्री सुदन किरातीलाई अध्ययन प्रतिवेदन बुझाएका हुन् ।

समितिको सदस्यमा ओम गुरुङ, टिकाराम राई, पियुस आनन्द र सहारा न्यौपाने रहेका थिए । सरकारले गत चैत २४ मा यो समिति गठन गरेको थियो । समितिले प्रतिवेदन बुझाउँदै सोल्टी होटलको एक करोड ३ लाख कित्ता शेयर बिक्री गर्न सुझाव दिएको हो । निगम वर्तमान पूँजी अभाव, ऋण बढी र जहाज अभावको चर्को दाबावमा रहेको निष्कर्ष समितिले निकालेको छ ।

समितिले मुख्यगरी सरकारलाई ६ वटा सुझाव दिएको छ । समितिका संयोजक क्षेत्रीका अनुसार समितिले रणनीतिक साझेदारीमा जान सुझाव दिइएको छ । विदेशी कम्पनीलाई ४० प्रतिशत शेयर दिएर रणनीतिक साझेदार भित्र्याउन समितिले सुझाव दिएको छ ।