गण्डकीमा एमालेले टुंगो लगायो चार मन्त्रीको नाम, आजै शपथ  

काठमाडौँ ।  नेकपा (एमाले) ले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंग्याएको छ।

एमालेबाट नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल मन्त्री टुंगो एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारी बताएका छन्।

उनीहरुको आजै शपथको तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ। आइतबारमात्र बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको कार्यक्षेत्र टुंग्याउँदै संख्या पनि ९ बनाएपछि एमालेले पनि मन्त्री हुनेको नाम टुंगो लगाएको हो।

२२ जना प्रदेशसभा  सदस्य रहेका गण्डकी एमालेबाट मन्त्री हुनेमा धेरै जना आकांक्षी थिए। 

गण्डकीमा ९ मन्त्रालयमध्ये मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिने नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङेलाई पनि कांग्रेस कोटामै राखेर एमालेलाई ४ मन्त्रालय दिइएको छ।