प्रधानमन्त्री ओलीद्धारा तीन राज्यमन्त्री नियुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्री नियुक्त गरेका छन् । शुक्रबार प्रधानमन्त्रीले तीन राज्यमन्त्री नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी, वन तथा वातावरण राज्यमन्त्रीमा रूपा विकलाई नियुक्त गरिएको सचिवालयले जनाएको छ ।

योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।