कर्णाली प्रदेश प्रमुखद्वारा कार्यभार ग्रहण

काठमाण्डौँ - कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हालेका छन् । चौथो प्रदेश प्रमुखका रूपमा उनले कार्यभार  सम्हालेका हुन् । 
यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

विसं २००६ चैत २५ गते बझाङको भातेखोलामा जन्मेका प्रदेश प्रमुख जोशी तीसको दशकदेखि नेपाली कांग्रेसमा आवद्ध थिए ।