कर्णाली प्रदेश प्रमुख जोशीद्धारा कार्यभार ग्रहण

काठमाडौँ । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले आफ्नो कार्यभार सम्हालेका छन् । चौथो प्रदेश प्रमुखका रुपमा उनले आज (शुक्रबार कार्यभार ग्रहण गरेका हुन् ।

यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

विसं २००६ चैत २५ गते बझाङको भातेखोलामा जन्मेका प्रदेश प्रमुख जोशी तीसको दशकदेखि नेपाली कांग्रेसमा आवद्ध थिए।