राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा दुई दिने ‘क्लोज क्याम्प’ कार्याशाला सञ्चालन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने बन्द कार्यशाला आजदेखि सुरु भएको छ ।

केन्दीय कार्यालय वनस्थलीमा जारी उक्त कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रिय विभागका गरी ५० जनाको सहभागीता रहेको छ ।

पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यलाई रणनीतिक रूपमा क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुईदिने बन्द कार्यशाला (क्लोज क्याम्प) सञ्चालन गर्ने निर्णय गरेको  हो ।

कार्यशालामा विचार, संगठन, मूल्य - मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुने रास्वपाले जानकारी दिएको छ।