रोल्पा जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो

काठमाण्डौँ - रोल्पामा सोमबार साँझ भएको जिप दुर्घटनामा नाबालिका छोरीसहित र एकै घरका दाजुभाइको पनि मृत्यु भएको छ। 

दुर्घटनामा ज्यान गुमाउने रोल्पाको माडी गाउँपालिकाका ७७ वर्षीय खड्ग डाँगी र करिब ५० वर्षीय चुपलाल डाँगी सहोदर दाजुभाइ भएका माडी ३ का वडाध्यक्ष बलबहादुर बुढाले जानकारी दिए । 

त्यसैगरी सोही ठाउँकी करिब ३० वर्षीया अमृता घर्तीले पनि आफ्ना १८ महिने छोरीसहित दुर्घटनामा ज्यान गुमाएकी वडाध्यक्ष बुढाले बताए ।