नेपालमा थप २ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १९ जना 

 काठमाडौँ - थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घन्टामा देशभरबाट ६६७ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २१७ र एन्टिजेनबाट ४५० नमुना परीक्षण गर्दा पीसीआरबाट २ को रिपोर्ट पोजिटिभ आएको हो ।

यो अवधिमा ५ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।