विश्व बैंकले २६ अर्ब ५१ करोड ऋण प्रदान गर्ने

काठमाडौँ - विश्व बैंकले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर रु २६ अर्ब ५१ करोड बराबरको ऋण सहयोग गर्ने भएको छ ।

विश्व बैंकको कार्यकारिणी समितिको आजको बैठकले सो निर्णय गरेको हो । उक्त सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने बैंकले जनाएको छ । विश्व बैंक नेपालको समावेशी विकासमा सहयोग गर्न प्रतिबद्ध छ । 

वाशिङटन डिसीस्थित बैंकको प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपाललाई प्रदान गरिने सहायता रकममध्ये एक सय मिलियन करिब रु १३ अर्ब २५ करोड रकम राजस्व संकलनमा सुधार ल्याउन र ऋण व्यवस्थापनको पारर्शिता अभिवृद्धिमा उपयोग गरिनेछ ।