आर्मी आहा ! रारा गोल्डकपको फाइनलमा

 ललितपुर - त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहीबार सम्पन्न खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै आर्मीले उपाधिका लागि थ्रीस्टार क्लबसँगको भेट पक्का गरेको हो । 

आर्मीले शनिबार हुने फाइनलमा पाँचपटकको विजेता थ्रीस्टार क्लबको सामना गर्नेछ। पाँचौँपटक फाइनल पुगेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जितेको छैन ।

खेलको ८३ औँ मिनेटमा समीर तामाङको गोलबाट चर्च ब्वाइज खेलमा फर्कियो। ९० मिनेटपछि अतिरिक्त समयमा गएर गोल खाँदै आर्मीले पहिलोपटक उपाधि जित्ने अवसर बनाएको छ।