जब इजरायल र हमास युद्धमा ३१ पत्रकार मारिए... 

 काठमाण्डौँ - कमिटी टु प्रोटेक्ट जर्नालिस्ट सीपीजेले हालसम्म २६ प्यालेस्टाइनी, चार इजरायली र एक लेबनानी पत्रकारको मृत्यु भएको जनाएको छ । इजरायल र हमास द्वन्द्वमा हालसम्म ३१ पत्रकारको मृत्यु भइसकेको छ ।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट सीपीजेले हालसम्म २६ प्यालेस्टाइनी, चार इजरायली र एक लेबनानी पत्रकारको मृत्यु भएको जनाएको छ ।
पछिल्लो समय प्यालेस्टिनी फिल्म निर्माता रोस्दी सराज र रोयटर्सका भिडियोग्राफर इसम अब्दल्लाहको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले लेबनान सीमामा इजरायलबाट गोली चलाउँदा पत्रकारको मृत्यु भएको दाबी गरेको थियो ।

इजरायली सेनाले यो दाबीबारे अनुसन्धान गरिरहेको बताएको छ । आइडीएफले रोयटर्स र एफपी समाचार एजेन्सीहरूलाई गाजामा काम गर्ने पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताएको छ । बीबीसी