ललितपुरको एक होस्टेलमा विद्यार्थी मृत भेटिए  

काठमाडौँ । ललितपुरको एक होस्टेलमा एक जना विद्यार्थी मृत भेटिएका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार शनिबार ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा विद्यार्थी मृत भेटिएका हुन्।

मृत हुनेमा मोरङ घर भएका २० वर्षीय सकलु मर्डी रहेका छन्। उनको शव पोस्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ।

सँगै बस्ने विद्यार्थीका अनुसार उनी पहिलेदेखि नै छारे रोगको बिरामी रहेको  जानकारी आफूलाई आएको परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जनाए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।