स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीको बैठक बस्दैनौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीको बैठक नबस्ने बताएका छन् । सामाजिक सञ्जालमार्फ प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन् ।

‘सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु । आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।’ सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका छन् ।