एमालेका नेताहरुको जिम्मेवारी हेरफेर कसलाई के ? (सूचीसहित)

काठमाडौँ । नेकपा (एमाले) ले नेताहरूको जिम्मेवारी हेरफेर  गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले नेताहरूको नयाँ कार्यविभाजन गरेको हो ।

एमालेले विष्णु पौडेलबाहेक मन्त्री भएकाहरूलाई पार्टीको थप जिम्मेवारी दिएको छैन । अधिकांश केन्द्रीय सदस्यले निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मा पाएका छन् ।

पार्टीका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री पौडेललाई पार्टीको संगठनात्मक कामको अनुगमन संयोजन, पार्टीको सम्बद्ध विभागको जिम्मा दिइएको छ ।