नेपालगन्जमा २० वर्षीय युवकको शव फेला

काठमाडौँ । बाँकेको नेपालगन्जमा एक युवकको शव फेला परेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आइतबार फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

उनले भने, ‘घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको खुलेको छ ।’ उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।