SHARE
Samata Press · मङगलबार २० असो २०८३ ०९:५६ PM · 1 मिनेट पढाइ

नेविसंघका पूर्वउपाध्यक्ष सागर परियार कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौँ। नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष सागर परियारले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।  बागलुङबाट महाधिवेशन प्रतिनिधि चुनिएर आएका परियारले काठमाडौँमा जारी १५औँ महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।  २०६२/६३ सालको जनआन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका परियार नेविसंघको लामो इतिहासमै उपाध्यक्ष पदमा निर्वाचित हुने एक मात्र दलित नेता हुन् । नेपाल दलित विद्यार्थी सङ्घका पूर्वमहामन्त्री तथा तरुण दलका पूर्वकेन्द्रीय सदस्य समेत रहेका उनी लामो समयदेखि बागलुङ जिल्ला कार्यसमिति सदस्य र महाधिवेशन प्रतिनिधिको रूपमा क्रियाशील रहँदै आएका छन्।  विद्यार्थी हकहित र सामाजिक न्यायको क्षेत्रमा निरन्तर खटिएका परियारलाई पार्टीभित्र आशालाग्दा युवा नेतृत्वका रूपमा हेरिएको छ।