SHARE
Samata Press · मङगलबार ९ मंिर २०८३ ०६:३९ PM · 1 मिनेट पढाइ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाने कर्मचारीविरुद्ध मुद्दा दर्ता

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी करार सेवामा कार्यरत एक कर्मचारीविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। प्यूठानको सरुमारानी गाउँपालिका–४ का भोजबाबु सोमै मगरले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी रुम्जाटार माध्यमिक विद्यालय र त्यसपछि खानेपानी मन्त्रालयअन्तर्गतको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा करार सेवामा सव–इन्जिनियर पदमा काम गरेको आरोपमा आयोगले उनीविरुद्ध आरोपपत्र दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मगरले डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सानोठिमी, भक्तपुरबाट जारी भएको देखिने झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा, लाभ र सुविधा लिएको देखिएको छ। आयोगका अनुसार मगरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही दफाअनुसार कैद र जरिवाना सजायको मागदाबी लिई विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।