फ्रि सेयर मागेर बन्द गराइएको भोटेकोशी जलविद्युतलाई तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन
काठमाडौँ / गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाहरूको नाममा निःशुल्क सेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।
