SHARE
Samata Press · मङगलबार २० असो २०८३ ०५:१० PM · 1 मिनेट पढाइ

कांग्रेसको संकल्प : गुट, पहुँच र अपारदर्शिता अन्त्य, राजनीतिक संस्कृतिलाई पहिलो स्थान

काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो ३५ वर्षमा देशमा केही नभएको भन्ने भाष्यलाई अस्वीकार गर्दै लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सच्याउँदै उपलब्धिको वस्तुगत समीक्षा र नागरिकको विश्वास पुनःस्थापित गर्ने संकल्प गरेको छ । कांग्रेसको १५औँ महाधिवेशनमा सोमबार प्रस्तुत गरेको प्रतिवेदनमा महामन्त्री विश्वप्रकाश शर्माले देशमा भएका भौतिक तथा आर्थिक उपलब्धिलाई बेवास्ता गरेर ‘३५ बर्षमा देशमा केही भएन’ भन्ने भाष्य निर्माण गरिएको उल्लेख गरेका छन्। प्रतिवेदनमा भोटेकोशीमा आएको बाढीपछि क्षति भएका पुल, सडक तथा जलविद्युत् आयोजनामध्ये अधिकांश पछिल्लो ३५ वर्षमा निर्माण भएका उपलब्धि भएको उल्लेख गरिएको छ ।