यस्ता छन् सभापति गगन थापाको राजनीतिक प्रतिवेदनका २९ प्रमुख प्रस्तावहरू
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनका लागि तयार पारिएको राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन्।आगामी चार वर्षका लागि पार्टीको राजनीतिक, वैचारिक, सङ्गठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको उक्त प्रतिवेदनमा विगतको गम्भीर आत्मसमीक्षा, सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टी पुनर्संरचना, निजी क्षेत्रसँगको सहकार्य, युवा सहभागिता र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणा प्रस्तुत गरिएको छ।
