SHARE
पर्दाफास · सोमबार १९ असो २०८३ ०१:१५ AM · 1 मिनेट पढाइ

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत रहेको छ। देशको हिमाली र पहाडी भूभागमा आंशिक देखि साधारणतया बादल लागेको छ।