सार्वजनिक स्थानमा हातहतियार देखाउँदै नृत्य गर्ने महिला पक्राउ
सार्वजनिक स्थानमा हातहतियारजस्तो देखिने वस्तु प्रदर्शन गर्दै नृत्य गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धनुषामा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले नगराइन नगरपालिका–६ की अन्दाजी २६ वर्षीया नाजिमा खातुनलाई नियन्त्रणमा लिएको हो ।
