कांग्रेस महाधिवेशनमा ‘जलवायु न्याय’को मुद्दा
काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि मञ्चमा एउटा फरक दृश्य देखियो। महामन्त्री प्रदीप पौडेलले उद्घोषकको भूमिका निर्वाह गर्दै मञ्चबाट बोधगम्य र गम्भीर आह्वान गरे, ‘नेपालको समग्र विकासका लागि, नेपाललाई बिरुवामा मलजल गरेर जलवायु परिवर्तनको पक्षमा सधैँ अघि बढ्ने संकल्प गरौं’। पौडेलको यही आह्वान लगत्तै अतिथिका रुपमा आएका शीर्ष नेताहरूले पालैपालो बिरुवामा पानी हालेर ऐक्यबद्धता जनाए।
