SHARE
अन्नपूर्ण · आइबार​ १८ असो २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

सेनासहितका सुरक्षा निकायमाथि आक्षेप नलगाउन रवि लामिछानेको आग्रह

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली सेनासहितका सुरक्षा निकायमाथि आक्षेप नलगाउन आग्रह गरेका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै लामिछानेले राजनीतिक स्वार्थका लागि विभिन्न निकायलाई दोष लगाउन नहुने बताएका हुन्। सुरक्षा निकायलाई आरोप लगाउने छुट आफूहरूलाई नभएको उनको भनाइ छ। ‘हाम्रो राजनीतिक स्वार्थका लागि विभिन्न निकायलाई दोष लगाउन पाइँदैन। कुनै पनि किसिमको तानाबाना बुन्नु राम्रो होइन,’ उनले भने।