SHARE
अन्नपूर्ण · आइबार​ १८ असो २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौं : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाधिवेशनमा सहभागी बन्ने अपेक्षासहित शेरबहादुर देउवाका लागि कुर्सी खाली राखिएको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै थापाले देउवा उद्घाटनमा आउने अपेक्षासहित कुर्सी खाली राखिएको बताए।‘हामीले शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ। उद्घाटन गर्न आउनुहुन्छ भन्ने अपेक्षा गरेका थियौँ,’ उनले भने।