SHARE
अन्नपूर्ण · आइबार​ १८ असो २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

६ महिनामै सरकारलाई भारी बोकाउन चाहँदिनँ, म 'छुमन्तर'ले गरिदिन्छु भनेर पनि हुँदैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ६ महिनामै बनेको सरकारलाई अनावश्यक रूपमा भारी बोकाउन नहुने बताएका छन्। उनले रातारात परिवर्तन सम्भव नहुने भन्दै ‘छुमन्तर’ गरेर सबै समस्या समाधान गरिदिन्छु भन्नु पनि उचित नहुने बताए।कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै थापाले अहिले संसद् खुला नरहेको र राजनीतिप्रति वितृष्णा बढेको बताए। देशमा अति राजनीतिकरण भएको उल्लेख गर्दै उनले संसद्मा सरकार र प्रतिपक्षबीच जुहारी चलिरहेको भए पनि गम्भीर विषयमा पर्याप्त छलफल हुन नसकेको बताए।