SHARE
अन्नपूर्ण · आइबार​ १८ असो २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

वर्तमान संविधानको रक्षा गर्नु सबैको दायित्व हो : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमा छेडखानी नगरी आवश्यक सुधार मात्र गर्नुपर्नेमा जोड दिएका छन्। आइतबार नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै भट्टराईले संविधानका मूल खम्बाहरू—गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र—मध्ये कुनै एक खम्बा ढलेमा सिङ्गो व्यवस्था नै खतरामा पर्ने चेतावनी दिएका हुन् । वर्तमान संविधान दशौँ हजार नागरिकको बलिदानबाट बनेकाले यसको रक्षा गर्नु सबैको दायित्व भएको उनको भनाइ छ।