SHARE
अन्नपूर्ण · आइबार​ १८ असो २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

संविधान बाइबल होइन, व्यवस्थामा भएका कमजोरीलाई सुधार्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आम जनतामा राजनीति र नेताप्रतिको वितृष्णा अझै उस्तै रहेको बताएका छन्। आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले देशको अवस्था झन् जटिल बन्दै गएको बताए। उनले मुलुक अँध्यारो सुरुङतर्फ धकेलिँदै गएको टिप्पणी समेत गरे।‘देश अहिले पनि लिगबाट बाहिर गएको अवस्थामा छ। त्यसैले सबै राजनीतिक दलले गम्भीरतापूर्वक सोच्न आवश्यक छ,’उनले भने।