राजनीतिक दलसँग संबाद नगर्ने सरकार अधिनायकतर्फ हिंड्दैछ : शंकर पोखरेल
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार अधिनायकतर्फ हिंड्न खोजेको आरोप लगाएका छन्।उनले सरकार राजनीतिक दल, संसद् र नागरिकसँग संवाद गर्न तयार नदेखिएको भन्दै आगामी दिनमा उत्पन्न हुन सक्ने संकटलाई लिएर चिन्ता व्यक्त गरे। लोकतन्त्रको भविष्यप्रति समेत गम्भीर प्रश्न खडा भएको उनको भनाइ छ।‘रवि लामिछानेले राजनीतिक दलहरूलाई जोड्ने प्रयास गर्नुहुन्छ तर सरकारले राजनीतिक दलहरूसँग संवाद गर्दैन।
