SHARE
अन्नपूर्ण · आइबार​ १८ असो २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

सिद्धबाबा क्षेत्रमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

बुटवल :सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । आइतबार पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्रमा लु ७४ प ९१७१ नम्बर मोटरसाइकल दुर्घटनामा परी गुल्मीको छत्रकोट गाउँपालिका–३ का ४७ वर्षीय नवराज पन्तको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट पाल्पातर्फ जाँदै गर्दा पन्त दुर्घटनमा परेका हुन् ।