SHARE
अन्नपूर्ण · आइबार​ १८ असो २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत निर्वाचित

वीरगन्ज : जनमत पार्टीको अध्यक्षमा पुनः डा. सीके राउत निर्वाचित भएका छन्। वीरगन्जमा सम्पन्न दोस्रो महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा राउत ९ सय ५८ मतसहित अध्यक्षमा निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका अध्यक्ष सन्जयकुमार सिंहले जानकारी दिए। उनका अनुसार, निर्वाचनमा २६ पदाधिकारीसहित ९९ पदका लागि मतदान भएको थियो।